Informações:
Sinopsis
Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,
Episodios
-
SBS Nepali Australian News Headlines: Wednesday, 20 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, २० मार्च २०२४
20/03/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
The production team of 'Home Before Night' is seeking Nepali actors who migrated to Australia as students - अस्ट्रेलियामा विद्यार्थीका रूपमा आएका नेपाली पात्रको खोजीमा 'होम बिफोर नाइट' फिल्म निर्माण टोली
20/03/2024 Duración: 11minFilmmakers Sabin Gnawali and Kalani Gacon are looking for talents as they embark on a cinematic journey of 'Home Before Night,' an Australian-Nepal movie that the promoters say will prominently feature two Nepali immigrants in leading roles. - लामो समय देखि अस्ट्रेलिया र नेपालको फिल्म क्षेत्रलाई जोड्न क्रियाशील दुई फिल्मकर्मीलाई अस्ट्रेलियाका नेपाली पृष्ठभूमिका पात्रहरूको कथाले पहिलो पटक एकसाथ ल्याएको छ। नेपाल र अस्ट्रेलिया दुवै स्थानमा फिल्म निर्माणमा सक्रिय रहेका सबिन ज्ञवाली र कलानी ग्याकनले प्रमुख भूमिकामा दुई नेपाली आप्रवासीहरू रहने फिल्म 'होम बिफोर नाइट' का लागि उपयुक्त पात्रको खोजी गरिरहेका छन्। यो चलचित्रको मुख्य विषय के हो, र के कस्ता पात्रको खोजी गरिँदै छ भन्नेबारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
How is Nepal preparing for the ICC Men's T-20 World Cup? - कस्तो हुँदै छ आइसीसी टी-२० विश्वकपको लागि नेपालको तयारी?
20/03/2024 Duración: 07minThe Nepali national cricket team is gearing up for the June ICC Men's T-20 Cricket World Cup. The Nepal government has for the first time provided a preparation budget for the team, who have a lineup of matches to play before June. Cricket Association of Nepal President Chatur Bahadur Chand spoke to SBS Nepali about the financial resources and prospects for Nepali cricketers to get support from neighbouring country, India. - नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले हालै आफ्नो अस्ट्रेलिया भ्रमण सम्पन्न गरेका छन्। नेप्लीज एसोसिएसन अफ भिक्टोरियाको १९ सौँ न्याभ क्रिकेट कपको उपलक्ष्यमा अस्ट्रेलिया आएका चन्द, भिक्टोरियाको संसद् र मेलबर्न क्रिकेट ग्राउन्ड पनि पुगेका थिए। नेपाल आउँदो जुन महिनामा हुन गइरहेको पुरुष तर्फको आइसीसी टी-२० विश्वकपको तयारीमा लागिरहेको समयमा, नेपाल सरकारले पहिलो पटक दिएको पाँच करोड रुपियाँको तयारी बजेटलाई एक सकारात्मक सुरुवातको रूपमा लिन मिल्ने उनी बताउँछन्। यस लगायत नेपाली क्रिकेटलाई छिमेकी देश भारतले सहयोग गर्ने भावी सम्भावनाको बारेमा चन्दले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Challenges, reflections and learnings: NRNA Australia President Anil Pokhrel - 'ताली र गाली त्यहीँ आएर ठोकिँदो रहेछ': एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोख्रेल
19/03/2024 Duración: 21minAnil Pokhrel says his role as the President of the Non-Resident Nepali Association (NRNA) Australia has come with responsibilities and challenges hand in hand. Mr Pokhrel spoke with SBS Nepali about the challenges, learnings, and aspirations from his almost seven-month role so far. - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्षका रूपमा झन्डै सात महिना बिताएका अनिल पोख्रेलले यो पदले जिम्मेवारी सँगसँगै चुनौतीहरू पनि ल्याएको बताएका छन्। पेसागत जीवन र व्यक्तिगत जिम्मेवारीका साथ साथै एनआरएनएको नेतृत्व लिँदै गर्दा समय व्यवस्थापन महत्वापुर्ण रहेको र आफू त्यसमा केही हद सम्म सफल भए पनि समय समयमा समुदाय भित्र खुट्टा तान्ने प्रवृत्तिले चुनौती सिर्जना गर्ने बताएका छन्। एनआरएनए अस्ट्रेलियाको लेटरहेडको कथित दुरुपयोग भएको विवाददेखि सरोकारवालाहरूलाई मिलाएर लानु पर्नेसम्मका चुनौतीहरूबारे पोख्रेलले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Australia Weather Update: Wednesday, 20 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: बुधवार, २० मार्च २०२४
19/03/2024 Duración: 01minAustralian weather update in Nepali for Wednesday, 20 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि बुधवार, २० मार्चको मौसम कस्तो रहला?
-
Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
19/03/2024 Duración: 09minIn this bulletin: the New South Wales government defends the practice of strip searches at music festivals, a journalist arrested covering the latest siege of a hospital in Gaza and in sport, Malaysia flags a smaller Commonwealth Games if they host the 2026 event. - साङ्गीतिक महोत्सवहरूमा लुगा खोल्न लगाएर गरिने खानतलासीको न्यु साउथ वेल्स सरकारले बचाउ गरेको छ। सन् २०१६ देखि कूल १,५०० बढी बालबालिकाहरू यस्तो तलासीमा परेको एक रिपोर्टले जनाएको छ। भिक्टोरियामा ग्रेट ओसन रोडको एक समुन्द्री तटमा डुबेर एक पुरुषको मृत्यु भएको छ। यी लगायत गत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।
-
SBS Nepali Australian News Headlines: Tuesday, 19 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १९ मार्च २०२४
19/03/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
19/03/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - होली र विक्रम संवत् नजिकिँदै गर्दा अस्ट्रेलियाका कुन शहरहरूमा के-के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।
-
'Historically undervalued' aged care workers get pay rise at last - अस्ट्रेलियाको एज्ड केयरमा काम गर्नेहरूको तलब बढ्दा नेपालीहरू दङ्ग
19/03/2024 Duración: 06minThe Fair Work decision sees wages for some carers increase by 28 per cent - a move seen as overdue. But not everyone in the sector will reap those benefits as support workers like kitchen staff and cleaners were handed 8.6 per cent rises. - फेयर वर्क कमिसनले केही स्याहार कर्मचारीहरूको तलबमा २८ प्रतिशत सम्म वृद्धि गर्ने निर्णय गरेपछि धेरैले यो निर्णयको स्वागत गरेका छन्। तर सहयोगी कामदारहरू जस्तै भान्सा र सरसफाइमा काम गर्नेहरूलाई भने ८.६ प्रतिशतको मात्र वृद्धिको घोषणा हुँदा केहीलाई भने यो निर्णयले निराशा दिएको छ।
-
'Studying in Australia teaches you to work hard in life': Kamashi Sharma Pokhrel - 'अस्ट्रेलियाको पढाइले धेरै मिहिनेत गर्न सिकाउँछ': कामाक्षी शर्मा पोख्रेल
18/03/2024 Duración: 18minEvery year, the City of Sydney organises the International Student Leadership and Ambassador program (ISLA) which brings students together for training and volunteering. Kamashi Sharma Pokhrel is one of the ISLA 2024 graduates. Ms Pokhrel spoke to SBS Nepali about her choice of coming to Australia as a Master's graduate from Nepal, and how ISLA helped shape her international student journey. - अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि सरकारी तहबाट वार्षिक 'इन्टरनेसनल स्टुडेन्ट लिडरशिप एन्ड एम्ब्यासडर प्रोग्राम' आयोजना हुने गरेको छ। सन् २०२४ मा सिटी अफ सिड्नीले गरेको कार्यक्रमका 'ग्र्याजुएट'हरू मध्ये नेपाली विद्यार्थी कामाक्षी शर्मा पोख्रेल पनि एक हुन्। नेपालमा आफ्नो पहिलो मास्टर्स डिग्री प्राप्त गरेपछि अस्ट्रेलियामा एमबीए गर्न पोख्रेल कसरी आकर्षित भइन्, र यसै क्रममा ‘इस्ला’ एम्ब्यासडर कसरी बन्न पुगिन्? यस बारे उनले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
-
Australia Weather Update: Tuesday, 19 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: मङ्गलवार, १९ मार्च २०२४
18/03/2024 Duración: 01minAustralian weather update in Nepali for Tuesday, 19 March 2024. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मङ्गलवार, १९ मार्चको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Monday, 18 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १८ मार्च २०२४
18/03/2024 Duración: 03minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
'Nepal needs a cricket stadium': Cricket Association of Nepal President Chatur Bahadur Chand - ‘नेपालमा एउटा क्रिकेट स्टेडियम चाहियो’: नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द
18/03/2024 Duración: 14minChatur Bahadur Chand, the President of the Cricket Association of Nepal recently visited Australia as part of the 19th NAV Cricket Cup organised by the Nepalese Association of Victoria (NAV). During this visit, Mr Chand toured the Parliament of Victoria and met with the Cricket Australia and Cricket Victoria officials at the Melbourne Cricket Ground (MCG). SBS Nepali spoke to Mr Chand. - नेप्लीज एसोसिएसन अफ भिक्टोरिया(न्याभ)को १९ सौँ क्रिकेट कपको फाइनल खेल सम्पन्न भएसँगै नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले अस्ट्रेलिया भ्रमण गरेका छन्। भिक्टोरियाको संसद् तथा अस्ट्रेलियाको सबैभन्दा ठुलो रङ्गशाला मेलबर्न क्रिकेट ग्राउन्ड पुगेका चन्द भन्छन् नेपालमा क्रिकेटको विकासका लागि सरकारले पूर्वाधारमा लगानी गर्नुपर्छ। यस लगायत अस्ट्रेलियाको नेपाली समुदायमा देखेको क्रिकेट प्रतिको प्रेम र भावी योजनाका बारेमा चन्दसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
'This tournament has become a focal point to join Nepal and Australia': 19th NAV Cricket Cup - 'यो टुर्नामेन्ट नेपाल र अस्ट्रेलियालाई जोड्ने केन्द्रविन्दु बनेको छ': १९सौँ न्याभ क्रिकेट कप
15/03/2024 Duración: 07minThe 19th NAV Cricket Cup concluded in Melbourne with the final match on Sunday, 10 March 2024. Nepalese Association of Victoria (NAV) President Prem Raj Upreti told SBS Nepali the annual tournament has now become a means to support the cricket industry in Nepal. - नेप्लीज एसोसिएसन अफ भिक्टोरियाको १९सौँ न्याभ कप मेलबर्नमा सम्पन्न भएको छ। आइतवार १० मार्चमा भएको फाइनल खेलसँगै संस्थाले नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दको उपस्थितिमा नेपाल क्रिकेटका लागि आर्थिक सहयोग प्रदान गरेको न्याभका अध्यक्ष प्रेमराज उप्रेतीले एसबीएस नेपालीलाई बताएका छन्।
-
Australia Weather Update: Saturday, 16 March and Sunday, 17 March 2024 - अस्ट्रेलिया मौसम अपडेट: शनिवार, १६ मार्च र आइतवार, १७ मार्च २०२४
15/03/2024 Duración: 02minAustralian weather update in Nepali for this weekend. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा आउँदो सप्ताहन्त शनिवार, १६ मार्च र आइतवार, १७ मार्चको मौसम कस्तो रहला?
-
SBS Nepali Australian News Headlines: Friday, 15 March 2024 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १५ मार्च २०२४
15/03/2024 Duración: 02minListen to the latest bitesize top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
-
NSW Government to back NRNA Australia's initiative to buy own office space - न्यु साउथ वेल्स सरकारको सहयोगमा एनआरएनए अस्ट्रेलिया आफ्नै 'अफिस' किन्ने तयारीमा
15/03/2024 Duración: 15minThe Non-Resident Nepali Association (NRNA) Australia plans to purchase its own office space in Australia. Anil Pokhrel, President of NRNA Australia, has confirmed that the New South Wales government has committed to providing funding soon to support their efforts in securing their own office space - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको आफ्नै कार्यालय स्थल खरिदका लागि न्यु साउथ वेल्स सरकार केही रकम सहयोग गर्न तयार भएको सङ्घका अध्यक्ष अनिल पोख्रेलले जानकारी दिएका छन्। बुधवार छ मार्चमा प्रिमियर क्रिस मिन्सलाई भेटी एनआरएनए अस्ट्रेलियाका प्रतिनिधिहरूले बुझाएको १० बुँदे ज्ञापन पत्रको प्रतिक्रिया स्वरूप ६००,००० डलरको योजना अन्तर्गत सरकारले यसको केही हिस्सामा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएको पोख्रेलले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका हुन्। यद्यपि उनले सरकारबाट कति कोषको वाचा गरिएको हो भन्ने बारेमा भने खुलाउन चाहेनन्। यस लगायत ज्ञापन पत्रमा समावेश विद्यार्थी तथा समुदायसँग सम्बन्धित मुद्दामा प्रिमियरबाट पाएको प्रतिक्रियाबारे पोख्रेलसँग गरिएको कुराकानी सुन्नुहोस्।
-
Finance Talk: Can apartments be an option if you can't find an affordable house? - आर्थिक कुराकानीः घर किन्न महँगो पर्दा अपार्टमेन्ट किन्ने विकल्प कस्तो होला?
14/03/2024 Duración: 15minAmidst the housing shortage and affordability crisis in major cities across Australia, the dreams of many first-home buyers to own a house have been shattered. While this situation persists, financial advisor Bishwas Bhattarai suggests considering the purchase of an apartment. - आफ्नो बजेट अनुसारको घर बजारमा नभेट्दा पहिलो घर किन्ने सपना बोकेकाहरू निराश हुने स्थितिमा अपार्टमेन्ट किन्ने विकल्पका बारेमा सोच्दा उचित हुने आर्थिक सल्लाहकार विश्वास भट्टराईको भनाइ छ। हाल अस्ट्रेलियाका प्रमुख सहरहरूमा माग अनुसार घरहरूको आपूर्ति नभएको सन्दर्भमा घर नै किन्ने भन्दा पनि अपार्टमेन्ट किनेर अवस्था सुध्रिए पछि त्यसलाई अपग्रेड गर्न सकिने मासिक आर्थिक कुराकानीका क्रममा भट्टराईले बताएका छन्।
-
Calls for better recognition of the international professional qualifications of migrants - आप्रवासीहरूले अस्ट्रेलिया आउनु अघि गरेको पढाइ र कामलाई मान्यता दिन माग
14/03/2024 Duración: 12minThe Committee for Economic Development of Australia report shows the nation needs to make more use of the skilled migrants in the country. Migrants who have been in Australia for up to six years earn about 10 per cent less on average than Australian-born workers. - अस्ट्रेलियामा रहेको सीपको अभावलाई कम गर्न आप्रवासीहरूले विदेशमा गरेका पढाइ र कामको अनुभवलाई मान्यता दिनु पर्ने एक नयाँ अनुसन्धानले जनाएको छ। अस्ट्रेलियामा नयाँ रहेका आप्रवासीहरूले यहीँ जन्मिएका मानिसहरूले भन्दा उल्लेखनीय रूपमा कम कमाउने गरेको र यो अवस्था पछिल्लो समयमा झनै खस्किएको पाइएको छ। सरकार र व्यवसायहरूका तर्फबाट के-कस्ता कदम चालिन आवश्यक छ?
-
Upcoming Nepali community events and activities in Australia - अस्ट्रेलियामा नेपाली सामुदायिक गतिविधि: कहाँ के हुँदै छ?
14/03/2024 Duración: 03minA bi-weekly roundup of Nepali community events and activities in Australia. - अस्ट्रेलियाका विभिन्न सहरहरूमा होलीका साथसाथै आउँदै गरेको नयाँ वर्ष वि. स. २०८१ का कार्यक्रमहरू आयोजना हुँदै छन्। त्यस्तै, पानीमा कसरी सुरक्षित रहने भन्ने विषयमा कार्यशाला लगायत अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा जानकार रहनुहोस्।